समाज

सप्तरीको डाक्नेश्वरीमा करेन्ट लागेर ५५ वर्षीया महिलाको मृत्यु

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) , २० जेठ ।
सप्तरीमा आज करेन्ट लागेर ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका–३ तरहीका रामबृक्ष रायकी पत्नी ५५ वर्षीया इनरदेबी रायको करेण्ट लागेर आज (बिहीबार) मृत्यु भएको हो ।
खेतबालीको सुरक्षाका लागि आफैले बिछ्याइएको नाङ्गो तारमा करेण्ट लागेर घटनास्थलमै महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
घटनास्थलमै मृत्यु भएको महिलाको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page