स्वास्थ्य

आज ८ हजार ६६३ जना कोरोना सङ्क्रमणमुक्त,६ हजार ६५३ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा आज थप ६ हजार ६ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ ।
१४ हजार १ सय ८२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ हजार ६ सय २४ जना तथा ६ हजार ६ सय ३१ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ हजार २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थप ८ हजार ६ सय ६३ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।
देशभरि आज कोरोना सङ्क्रमणबाट १ सय १ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ७ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा ९७ हजार ६ सय ९९ सक्रिय सङ्क्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page