स्वास्थ्य

नेपालमा आज ६ हजार ६३६ जना कोरोना सङ्क्रमणमुक्त, ९९ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ६ हजार ६ सय ३६ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ४ लाख ९१ हजार ९ पुगेको छ ।
यसैगरी थप ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१० हजार ४ सय ७१ नमुनाको पिसिआर परीक्षण गर्दा ३ हजार २४ जना तथा ३ हजार २ सय ६२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप ९९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा ७ हजार ८ सय ९८ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
देश भर ८९ हजार २ सय १७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page