समाज

सप्तरीको कञ्चनरुपमा नरिवलको रुखबाट खसेर एक जनाको मृत्यु

कञ्चनरुप (सप्तरी) , २४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारमा नरिवल टिप्न रुखमा चढेका एक पुरुषको रुखबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्वर ३ का ५० वर्षीय सतो खंग खत्वे रहेका छन् ।
स्थानीय कुशुमलाल साहको नरिवल टिप्न रुपमा चढेको अवस्थामा रुखबाट खसेर घाइते भएका खंगको उपचारको लागि अस्पतालतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page