स्वास्थ्य

नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि, ६५७० संक्रमणमुक्त, १०८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना भाईरस पुष्टि भएको छ । नेपालमा पीसीआर परीक्षणबाट कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ९५ हजार नाघेको छ।
देशभरिका विभिन्न प्रयोगशालामा गरिएको १७६७६ परीक्षणबाट थप ५ हजार १५३ पोजेटिभ देखिएको स्वास्थय मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका छन् ।
कोरोना संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ८,०९८ पुगेको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page