स्वास्थ्य

नेपाल रेडक्रस सोसाइटि तथा सेफ द चिल्ड्रेनद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी), २६ जेष्ठ ।
नेपाल रेडक्रस सोसाइटि सप्तरी शाखाले आज बुधबार कञ्चनरुप नगरपालिकालाई कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत आइसोलेसन सेन्टरको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रसका सह लेखापाल मन्दु देवले नगर प्रमुख बसन्त कुमार मिश्रलाई १६ लिटरको फिल्टर ४ थान, एयर पोट १ थान, ५ सय एमएलको हरपीक २० थान, ट्वाइलेट ब्रस १० थान, लाइफब्वाइ साबुन २ कार्टुन, सेनिटाइजर ५ सय एमएलको ५० थान, डस्बिन (रातो,हरियो) ६० लिटर जाने ३ थान, मोटर १ एचपी १ थान, हिल ट्याङ्क एक हजार लिटरको १ थान,पानी खाने बोतल ५० थान, गमबुट दुई जोडा, सर्जिकल ग्लोब्स ५ प्याकेट, सर्जिकल मास्क १ हजार थान, फेस सिल्ड ५० थान, खानाखाने प्लेट ५० थान, , जग १० थान, २० लिटर जाने बाल्टीन १० थान, थर्मश १ थान, शपकेस १ सय थान, पोछा लगाउने ५ थान, गिलास ५० थान हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी सेफ द चिल्ड्रेनले पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
सेफ द चिल्ड्रेनका प्रोग्राम कोअर्डिनेटर देव कृष्ण भगतले नगर प्रमुख मिश्रलाई युटिलिटि ग्लोभ्स १० पिस, सर्जिकल ग्लोब्स ननस्टोराइल १ सय पिस, सर्जिकल ग्लोब्स स्टेराइरल २ सय पिस, ह्याण्ड सेनिटाइजर ५ सय एमएलको २५ बोतल स्प्रे कन्टेनर २ लिटरको २ पिस, स्प्रे पम्प १६ लिटरको १ पिस हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग गर्ने संस्था सेभद चिल्ड्रेन र नेपाल रेड्क्रसलाई नगर प्रमुख मिश्रले धन्यवाद दिदै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सह संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादवको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page