स्वास्थ्य

कञ्चनरुप स्वास्थ्य शाखामा दुई दिने एच.एम.आइयस.(HMIS) पुन ताजगी तालिम सम्पन्न

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी), २७ जेष्ठ ।
सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजनामा आज बिहीबार स्वास्थ्य शाखाको सभाहलमा दुई दिने एच.एम.आइयस.(HMIS) पुन ताजगी तालिम सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले स्वास्थ्यकर्मीहरुले जनताले महशुस गर्ने गरी सेवा दिनुपर्ने बताउनुभयो । उहाँले काम गर्ने मानिसबाट गल्ती हुन्छ गल्तीलाई सच्याउँदै स्वास्थ्य क्षेत्रलाई कसरी राम्रोमा राम्रो बनाउन सकिन्छ त्यसतर्फ लाग्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले जनताले गुनासो नगर्ने गरी स्वास्थ्यकर्मीहरुले काम गरि स्वास्थ्य क्षेत्रलाई नमुना बनाउनुपर्ने बताउनुभयो ।
स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, सहभागिको तर्फबाट ललन झा, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्वास्थ्य सूचना प्रणलीमा क्षमता अभिबृद्धि गरी स्थिति लेखाजोखा गर्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको स्वास्थ्य शाखाका सह संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले जानकारी गराउनु भएको थियो ।

नगरभित्रका स्वास्थ्य संस्था प्रमुख तथा फोकल पर्सन सहभागी तालिममा स्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य अधिकृत कपिल देव साहले सहजीकरण गर्नुभएको थियो ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवको अध्यक्षतामा कार्याक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page