स्वास्थ्य

नेपालमा आज ५ हजार २२५ जना कोरोना सङ्क्रमणमुक्त, ६७ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज कोरोना सङ्क्रमणबाट थप ५ हजार २ सय २५ जना मुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या ५ लाख २० हजार ८ सय १६ पुगेको छ ।
आज ३ हजार ७ सय ५० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
आज ९ हजार ५ सय ९८ नमूनाको पिसिआर परीक्षण गर्दा २ हजार ७ सय ९ जना तथा ५ हजार ५ सय ८४ नमूनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज थप ६७ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार ३ सय ५ पुगेको छ ।
देशभरमा गरी जम्मा ७५ हजार २ सय ७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page