समाज

अवैध घरेलु हतियारसहित नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिक पक्राउ

कञ्चनरुप (सप्तरी) , २९ जेठ । सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित नेपाल प्रवेश गर्न लागेको भारतीय नागरिक विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डललाई पक्राउ गरेको छ ।
बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायव निरिक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले हतियारसहित नेपाल प्रवेश गर्न लागेका मण्डललाई बोदे बरसाईन–९ स्वर्णपट्टीस्थित दशगज्जा क्षेत्रबाट शुक्रबार साँझ पक्राउ गरेको हो ।
मण्डललाई हतियारसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page