स्वास्थ्य

सप्तरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

कञ्चनरुप । सप्तरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर ११ का ६० वर्षीय पुरुष र बोदे वर्साइन नगरपालिका वडा नम्बर ९ का ५८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सपतरीले जानकारी दिएको छ ।
यो सँगै सप्तरीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १०६ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page