बृजमान तामाङ /
बिरेन्द्र बजार,२ असार । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ स्थिति सितापुरमा बुधबार विभिन्न प्रजातिको दुई हजार फलफूलको बिरुवा बितरण गरेका छ्न् ।
डिभिजन वन कार्यालय सप्तरीको सहयोगमा वनदेवी सामुदायिक वन उपभोक्ता समिति सितापुर भुर्कीद्वारा फलफूलको बिरुवा बितरण गरिएको हो ।
वन उपभोक्ता समितिले आफू मातहतका तीन सय घरधुरी उपभोक्ताहरुलाई फलफूलको बिरुवा बितरण गरेको छ । उपभोक्ता समितिका पदाधिकारी तथा वन रक्षकको उपस्थितिमा प्रती घरधुरी आँप २, लिची १, कटहर १, अनार १ र कागती (निम्बु) १ गरि ६ वटा फलफूलको बिरुवा बितरण गरेको उपभोक्त समितिका अध्यक्ष रामपुजन चौधरीले जानकारी दिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/201417237_537096857289121_7855288909759567633_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/201417237_537096857289121_7855288909759567633_n.jpg)
उपभोक्ताहरुलाई बितरण गरि बाँकी रहेको बिरुवा सामुदायिक बन क्षेत्रमा बृक्षा रोपण गरिने समितिका सल्लाहकार ताराकान्त चौधरीले जानकारी दिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment