समाज

बारीको डिलबाट लडेर ६७ वर्षीय बृद्धको मृत्यु

ओखलढुंगा, असार ४ गते । ओखलढुङगाको सिद्दिचरणमा बारीको डिलबाट लडेर ६७ वर्षीय बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिद्दिचरण नगरपालिका ४ रुम्जाटारका ६७ वर्षीय बिर बहादुर ठटाल रहेका छन ।
बिहीबार बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस भएको अबस्थामा परिवारले फेला पारी घरमा ल्याई पुर्‍याउन साथ मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page