समाचार

सर्पको डसाइबाट दाङमा एक बालिकाको मृत्यु

दाङ । सर्पको डसाइबाट दाङमा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोरा रहेकी छन् ।
सर्पले टोकेपछि अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको परिवार श्रोतले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page