उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी) , ७ असार । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजनामा सोमबारबाट फूलबारी रिसोर्ट रुपनगरमा पालिका स्तरिय खोप तथा सरसफाई प्रबद्धन कार्यक्रमको समिक्षा, शुक्ष्म योजना अध्यावधिक र दुई दिने पालिका खोप समन्वय समितिको अभिमुखिकरण गोष्ठि सुरु भएको छ ।
दुई दिने गोष्ठिको उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले आफूहरु जनप्रतिनिधि भएर आए पश्चात स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरेको हुनाले स्वास्थ्य क्षेत्रमा राम्रो सुधार आएको र यसलाई दिगोपना दिनका लागि स्वास्थ्यकर्मीहरुले नराम्रोमा राम्रो होइन् ,राम्रोमा राम्रो हुने गरि अझ मेहनत गरेर कामगरी स्वास्थ्य क्षेत्रलाई नमूना बनाउनुपर्नेमा जोड दिनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/203859330_398322001585512_1610892064906028646_n-1024x807.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/203859330_398322001585512_1610892064906028646_n-1024x807.png)
नगर उपप्रमुख निरु पोखरेलले खोप लगाएर धेरै रोगहरु नियन्त्रणमा आएको उदाहरण दिदै अहिले देशलाई नै खोपमुक्त बनाउने अभियानमा सरकार लागेको हुँदा कञ्चनरुप नगरपालिकालाई समेत खोपमुक्त नगर बनाउन राम्रोसँग डाटा बनाई अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/197121597_780635912822328_6374239869485648148_n-1024x576.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/197121597_780635912822328_6374239869485648148_n-1024x576.png)
प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले गरेका कामको शुक्ष्म तरिकाले समिक्षा गरी त्यसबाट निश्कने समस्याको समाधानका उपाय खोज्न आग्रह गर्दै स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन नगरपालिकाको सधैं साथ र सहयोग रहने बताउनु भयो ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सुरेन्द्र प्रसाद यादव, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले आफ्नो धारण राख्नु भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/201201189_345709893633128_8968737372035693293_n-1024x766.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/201201189_345709893633128_8968737372035693293_n-1024x766.png)
स्वास्थ्य शाखाका स–संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो भने प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाको अध्यक्षतामा कार्यक्रमको उद्घाटन भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/202217460_345709873633130_673312619296524772_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/202217460_345709873633130_673312619296524772_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment