कञ्चनरुप । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ६ महुली बजारमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर ३५ वर्षीया महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका मो. जलिलकी ३५ वर्षीया श्रीमती जहादा खातुन रहेकी छन् । मोबाईल चार्ज गर्ने क्रममा तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी जहादाको बिराटनगर नर्सिङहोम अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो १ः२५ बजे मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
शवलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment