फत्तेपुर सम्वाददाता , १८ असार । सप्तरीको सप्तकोसी नगरपालिकाको सहयोग तथा महिला तथा बालबालिका शाखाको आयोजनामा १० दिने कृष्टलका गहना बनाउने तालिम सम्पन्न भएको छ । वडा नम्बर ४ बलार्दहमा सञ्चालित १० दिने कृष्टलका गहना बनाउने तालिम सम्पन्न भएको हो।
उक्त सम्पन्न तालिम कार्यक्रमका प्रमुख अतिथी सप्तकोसी नगरपालिकाका नगर प्रमुख उत्तम गौतमले तालिम लिएर सामुहिक रोजगार तर्फ उन्मुख हुन तालिमका सहभागीलाई प्रेरणा दिनु भयो। तालिमले बेरोजगारीलाई अन्त्य गर्ने प्रमुख कडि रहेकाले लगनशील भएर ब्यबसाय सन्चालन गर्न आहवान गर्नु भयो।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/201167606_1109377979471746_131240134174442044_n-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/201167606_1109377979471746_131240134174442044_n-1024x768.jpg)
कार्यक्रममा बोल्दै कार्यपालिका सद्स्य सर्मिला खडकाले महिलाहरुमा बेरोजगारको संख्या बढिरहेकोले अब महिलाहरु पनि आय मुलक काममा अघि बढे बेरोजगारीको संख्या कम हुनेमा आफू बिस्वस्त रहेको बताउनु भयो।
कार्यक्रममा नगर भरिका १७ जना महिलाहरुको सहभागिता रहेको थियो।
महिला तथा बालबालिका शाखा प्रमुख संगीता चौलागाइको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन बिष्णु माया नेपालले गर्नुभएको थियो भने तालिमको सहजीकरण प्रशिक्षक दुर्गा ढुङ्गेलले गर्नुभएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/202112032_1164802084024857_1323026256847612471_n-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/202112032_1164802084024857_1323026256847612471_n-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/200654766_176145954492126_4095401410274054811_n-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/07/200654766_176145954492126_4095401410274054811_n-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment