स्वास्थ्य

नेपालमा आज २ हजार २११ सङ्क्रमित निको भए, २ हजार ६२२ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा आज थप २ हजार ६ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
७ हजार ४ सय ९९ नमुनाको पिसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ मा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ११ सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ६ लाख ११ हजार ४२९ कोरोनाबाट मुक्त भई घर फर्किएका छन् ।
हाल देशभर २५ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप २३ को मृत्यु भएको छ । योसँगै कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार २४८ पुगेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page