कञ्चनरुप (सप्तरी) , २१ असार । सप्तरी प्रहरीले भारतबाट लागूऔषध ल्याउँदै गर्दा एक महिला सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सुरङ्गा नगरपालिका वडा नम्वर ९ पिप्राहकी ३० वर्षिया रोमा बिक र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ११ का ३३ वर्षिय चोलाधर पोखरेल रहेका छन् ।
सशस्त्र प्रहरी बिओपी तिलाठीका बरिष्ठ हवल्दार बिनोद कुमार यादवको कमाण्डमा गएको गस्ति टोलीले भारतीय बजारबाट नेपालतर्फ आउँदै गर्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ मल्हनियामा शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
उनीहरुका साथबाट डाइलेक्स १० थान, नाइट्राजेपम ट्यावलेट २० पिस र स्पास्पोर भोनप्लस १ सय ४४ पिस बरामद भएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment