समाज

कञ्चनरुपमा टिप्परले साइकललाई ठक्कर दिदा साइकल यात्रीको घटना स्थलमै मृत्यु

कञ्चनरुप (सप्तरी) , २२ असार । सप्तरीमा टिप्परले साइकललाई ठक्कर दिदा साइकल यात्रीको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ११ की ४० वर्षीया कौसिला चौधरी रहेकी छन् ।
मंगलबार दिउँसो पूर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको कञ्चनरुप ११ स्थित बेङ्गरी चोक मा पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको स १ क २८० नम्बरको टिप्परले साइकल यात्री कौसिलालाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयय कञ्चनपुरले जनाएको छ ।
शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजजिराज लगिएको छ भने ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page