स्वास्थ्य

नगर प्रमुख कोषबाट सप्तरीको कञ्चनरुपमा फिटनेस क्लव सञ्चालन

कञ्चनरुप (सप्तरी), २२ असार । ग्रामिण कञ्चन युवा क्लब कञ्चनरुप नगरपालिका वडा नम्बर ८ कंचनपुर सप्तरीको आयोजना तथा नगर प्रमुख कोषबाट कञ्चनरुप नगरपालिकाको सहयोगमा मंगलबार फिटनेस क्लवको उद्घाटन भएको छ ।
क्लबको उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले मानिसलाई स्वस्थ रहन व्यायामको अतिनै आवश्यक हुने भएकाले फिटनेश क्लवको सञ्चालनले यस भेगका नागरिकलाई व्यायाम गर्न सजिलो हुने बताउनु भयो ।

नगर प्रवक्ता एवं वडा नं.–८ का वडा अध्यक्ष राजकुमार साह, वडा नम्बर ४ र ३ का वडा अध्यक्षद्वय रामनारायण प्रसाद साह र सत्यनारायण साह, वडा सचिव कविता बस्नेत सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक तारानन्द मल्लिक, क्लबका उपाध्यष अभिषेक गुप्ता लगायतका वक्ताहरुले फिटनेश क्लबको सञ्चालनले यस भेगका जनताको लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।
क्लबका अध्यक्ष सञ्जय पासवानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page