समाज

सप्तरीको महुली खोलाले बगाउँदा २२ वर्षीया युवतीको मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप (सप्तरी), २२ असार । सप्तरीमा खोलाले बगाउँदा एक २२ वर्षीया युवतीको मृत्यु भएको छ ।
जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर १ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साहको महुली खोलाले बगाएर मृत्यु भएको हो ।
सोमबार बिहान जंगलमा बाँसको तामा काट्न महाकुमारी आफ्नी बहिनी आशाकुमारीसँग पुगेकी थिइन् । तामा लिएर घर फर्किने क्रममा खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो ।
घटना बारे प्रहरीलाई जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय महुली र कञ्चनपुरका प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा साँझ ५ बजे खोलाले बगाएको ठाउँबाट करिब २ सय मिटर परबाट मृत अवस्थामा शव फेला परेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
शव पोष्टमार्टमको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page