समाज

सप्तरीमा बस र ट्रक एकआपसमा ठोक्किदा ११ जना घाइते, पाँचको अवस्था गम्भीर

कञ्चनरुप (सप्तरी) , २४ असार । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ स्थित सितापुरमा बिहीबार बिहान बस र ट्रक एकआपसमा ठोक्किदा ११ जना घाईते भएका छन् । घाईते मध्ये पाँच जनाको अबस्था गम्भीर रहेको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ७६२० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ना ३ख ६८४५ नम्बरको ट्रक ठोक्किदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोरङ्गको रंगेली नगरपालिका ६ का ३२ बर्षीय रबिन कुमार सरदार, सोही ठाउँका २८ बर्षीय संतोष सरदार, बर्ष २५ का बिरेन्द्र सरदार गम्भीर घाईते भएका छन् ।

यसैगरी बिराटनगर उपमाहानगरपालिकाका ३५ बर्षीय बिजय दास, सोही बसका चालक कपिलवस्तु बुद्धभुमी गाउँपालिका ३ का ३८ बर्षीय हेमराज अधिकारी, लुम्बिनी रुपन्देही नगरपालिका १३ बस्ने ३५ बर्षका दुर्गा पौडेल, लुम्बिनी महादेवा गापा २ का युवराज पुल घाईते भएका छन् । यस्तै ट्रक चालक बारा जितपुर उपमाहानगरपालिका २ बस्ने बर्ष २९ को रोशन श्रेष्ठ र सोही ठाउँका ट्रकका सहचालक बर्ष २५ का सुरज बुढाथोकी घाईते भएका छन ।
घाईतेहरुलाई तत्कालै प्रहरीले उद्धार गरि उपचारका लागि महुली पोलिक्लिनिक महुलीमा प्राथमिक उपचारका लागि पठाइएको र प्राथमिक उपचारपछि थप उपचारका लागि बाहिर पठाएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुर्घटनाग्रात दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page