स्वास्थ्य

१ हजार ८७५ जना कोरोना संक्रमित थपिए, २९ जनाको मृत्यु ,१ हजार २८६ जना संक्रमणमुक्त

कनठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ८ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार ३ सय ७४ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा १ हजार २ सय १८ र ५ हजार १ सय ३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ सय ५७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै , १ हजार २ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ६ लाख १५ हजार ६ सय १३ पुगेको छ । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page