स्वास्थ्य

नेपाललाई अमेरिकाले उपलब्ध गराउने १५ लाख खोप सोमबार आइपुग्ने, यो खोप एक डोज लगाए पुग्ने

काठमाडौं । नेपाललाई अमेरिकाले अनुदानस्वरूप उपलब्ध गराउन लागेको कोभिड–१९ विरुद्धको खोप सोमबार काठमाडौँ आइपुग्ने भएको छ ।
कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
जोनसन एन्ड जोनसनको खोपलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको छ । यो खोप एक डोज लगाए पुग्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page