समाज

सप्तरीमा कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाएकै दिन एक वृद्धको मृत्यु

सप्तरी । सप्तरीमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाएकै दिन एक जना ६५ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ का ६५ वर्षीय देवराम मण्डल रहेका छन् ।
उनले शनिवार दिउँसो १२ः०० बजेतिर प्राथमिक स्वास्थ्य सेवा केन्द्र तोपा पुगेर दोस्रो मात्राको खोप लगाएका थिए ।
साँझ मण्डललाई असहज भएपछि उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा शनिवार राति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
उनको मृत्युको कारण भने खोप नरहेको र शनिवार दिउँसो १२ बजेतिर नै दोस्रो मात्राको खोप लगाएकै भए पनि गाउँकै एउटा पञ्चायतीमा सहभागी भएर साँझ मदिरा सेवन गरेपछि उनलाई असहज भएको बुझिएको यादवले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page