राष्ट्रिय स्वास्थ्य

अमेरिकाले नेपाललाई दिएको १५ लाख ३० हजार खोप आज नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १५ लाख ३० हजार खोप आज काठमाडौँ आइपुगेको छ ।
कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख ३० हजार डोज खोप सोमबार बिहान काठमाडौं आइपुगेको हो ।
अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ ।
प्राप्त खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page