स्वास्थ्य

आज थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाण्डौं । नेपालमा आज थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ हजार ५८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ६ सय ३९ जना तथा ३ हजार ९ सय ५४ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ७८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ६ लाख २३ हजार १ सय ५ जना निको भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page