स्वास्थ्य

थप २ हजार ६७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट २ हजार ६ सय ७६ जना सङ्क्रमित भएका छन् ।
८ हजार २ सय ५६ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १ हजार ७ सय ८२ जना तथा ४ हजार ५ सय १२ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ सय ९४ जना गरी जम्मा २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट ६ लाख २६ हजार ४ सय ६८ जना निको भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ४ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page