समाज

नाङ्गो तारमा छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु

कैलालीमा आफ्नै घरमा लुगा सुकाउने क्रममा अचानक नाङ्गो तारमा छुँदा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलारी गाउँपालिका–२ की २० वर्षीया रामपती चौधरी रहेकी छन् ।
बुधबार राति लुगा सुकाउने क्रममा अचानक नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । घाइते रामपतीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page