समाज

सप्तरीको तिलाठीमा मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय बृद्धको मृत्यु

सप्तरी , ३१ असार । सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक ७५ वर्षीय बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ का ७५ वर्षीय सरयोग राय रहेका छन ।
बुधबार साँझ सोही ठाउँको स ४ प ९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रायको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दियो ।
सोही ठाउँका मोटरसाइकल चालक २१ वर्षीय रघुनन्दन रायलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page