स्वास्थ्य

सिबिआइ एमएन सिआई सम्बन्धि ३ दिने पूनर्ताजगी तालिम सम्पन्न

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजनामा बुधबार नवदुर्गा महिला सहकारीको सभाहलमा ३ दिने सिबिआइ एमएन सिआई पूनर्ताजगी तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले तालिमले मानिसलाई सक्षम बनाउन सहयोग पुर्‍याउने भएकाले तालिमको ठुलो महत्व रहेको बताउनुभयो । तालिममा सिकेका कुरालाई व्यवहारमा उतारी स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन स्वास्थ्यकर्मीहरुले राम्रोसँग ध्यान दिई काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको हुनाले स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति भएको बताउँदै हामी सप्तरी जिल्लामा त उत्कृष्ट भयौं अब प्रदेश र देशमै पहिलो हुनेगरी हामी सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले तीन दिने तालिम उपलब्धिमूलक भएको र यस तालिमले स्वास्थ्यकर्मीहरुमा थप उर्जा थपिएको बताउनुभयो ।
उहाँले निति तथा कार्यक्रममा समावेश भएका योजनालाई सफल रुपमा सम्पन्न गरी स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन स्वास्थ्यकर्मीहरुको अहम भूमिका रहने बताउनुभयो । लक्ष्य र उदेश्यलाई पुरा गर्न स्वास्थ्यकर्मीहरुलाई राम्रोसँग काम गर्न अनुरोध समेत गर्नुभयो ।

स्वास्थ्य शाखाका स-संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादव, पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन सम्भव छ त्यो हामी बाटै सम्भव छ त्यसैले सबैले इमान्दारी पूर्वक काम गरी नगरपालिकालाई नेपालमै नमुना बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो ।
नगर भित्रका स्वास्थ्यकर्मीहरु सहभागी तालिममा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य अधिकृत कपिलदेव साहले सहजीकरण गर्नुभएको थियो भने प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page