स्वास्थ्य

नेपालमा आज थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय १३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ६ जना तथा ४ हजार ५ सय ६९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ सय ३० जना गरी जम्मा २ हजार ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ७५ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् ।
आज कोरोना सङ्क्रमणबाट ४३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ५ सय ६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page