स्वास्थ्य

सप्तरीमा ४२ हजारले पहिलो डोज र ५ हजार ८८६ जनाले दोस्रो डोज खोप लगाए

कञ्चनरुप (सप्तरी) । सप्तरीमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको कोभिसिल्डको पहिलो डोज खोप ४२ हजार १ सय ५६ जनाले लगाएका छन् ।
सप्तरीमा कोभिसिल्डको पहिलो डोज ४२ हजार १ सय ५६ जनाले र ५ हजार ८ सय ८६ जनाले दोस्रो डोज लगाएको स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ ले जनाएको छ ।
भेरोसेलको पहिलो डोज १० हजार २० जनाले र दुवै डोज २ हजार ३५ जनाले लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकारी सरोजकुमार यादवले जानकारी दिनुभयो । साभार :सगरमाथा आवाज साप्ताहीक

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page