स्वास्थ्य

नेपालमा थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ को मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार देशभर पिसिआरबाट कुल २२०२ र एन्टीजेन परिक्षणबाट ९०६ गरि कुल ३१०८ जना संक्रमित थपिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ७० हजार ९५३ र एन्टिजेनबाट ५० हजार ६६४ जना पुगेको छ । 
पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ९५ जना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ जना पुगेको छ । नेपालमा कोरोनाबाट निको हुने प्रतिशत ९४.६ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज थप २५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको स्वास्थ्य मन्त्रालयले जानाएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ४ सय १९ पुगेको छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page