स्वास्थ्य

नेपालमा थप २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ८ हजार ७ सय १५ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय १८ जना तथा ३ हजार ९ सय १ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९ यस २० जनामा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
पछिल्लो २४ घण्टामा १ हजार ४ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् ।
आज कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको छ । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page