स्वास्थ्य

नेपालमा थप २ हजार ९७७ जनामा कोरोना सङ्क्रमण पुष्टि, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २ हजार ९ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय ९८ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ८२ जना तथा ३ हजार ६ सय १० नमुनाको एन्टिजेन परीक्षण गर्दा ९ यस ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ३० हजार १ सय ४६ पुगेको छ ।
आज थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ६ सय ७९ पुगेको छ ।
थप १ हजार ६ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page