स्वास्थ्य

थप ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि, २५ जनाको मृत्यु

थप १ हजार ६ सय ८६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् ।

काठमाडौं । नेपालमा आज थप ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४० वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ३ सय ९१ जना तथा ५ हजार ३२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ३० जना गरी जम्मा ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट ६ लाख ४५ हजार ३ सय १ जना निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ ।
त्यस्तै कोरोनाको सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ७ सय ३८ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page