सप्तरी ,१२ साउन । सप्तरी प्रहरीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको १ लाख ६० हजार मुल्य बराबरको ४० वटा राँगा बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर राँगा ल्याउदै गरेको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले आज विहान भन्सार छलि गरी ल्याउँदै गरेको सो राँगा बरामद गरेको हो ।
जिल्लाको सुरुङगा नगरपालिका–१० बलान नदीको पश्चिमी किनारा हुँदै ल्याउँदै गरेको ४० वटा राँगा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बरामद गरेका राँगा आवश्यक कारवाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment