समाज

बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु

बर्दिया, २ असोज । बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बर्दिया प्रहरीका अनुसार बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको हो ।
शुक्रवार राति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page