स्वास्थ्य

नेपालमा आज १ हजार ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि , १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप १ हजार ४३ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ६५ जनामा नमुना परीक्षण गर्दा थप १ हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ८ सय ९१ जना सङ्क्रमणमुक्त भएका छन् ।
त्यस्तै आज कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
देशभर १६ हजार १ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page