राजनीति

पार्टी संगठन विस्तार गर्न विचार जनसमक्ष पुर्‍याउन आबश्यक छ : अध्यक्ष यादव

बृजमान तामाङ
बिरेन्द्र बजार, १२ पुस ।
जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले संगठन विस्तारका लागि पार्टी विचारलाई जनता समक्ष पुर्‍याउनु पर्नेमा जोड दिएका छ्न ।
जनता समाजवादी पार्टी अग्नीसाईर कृष्णासवरण गाउँपालिकाद्वारा सोमबार आयोजित संगठन सुदृढीकरण तथा विस्तार अभियानलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
अग्नीसाईर कृष्णासवरण गाउँपालिका १ स्थित बृद्ध आश्रममा आयोजित गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष यादवले पार्टीको मेरुदण्ड संगठन भएकोले संगठन विस्तार गर्नुपर्नेमा जोड दिए । पार्टीको संगठन भनेको सबैभन्दा ठूलो शक्ति हो, अध्यक्ष यादवले भने, संगठन विस्तारका लागि पार्टीको विचार, सिदान्त र नीति जन समक्ष पुर्‍याउन आबश्यक छ ।
जनता समाजवादी पार्टी देशमा उत्पीडित र वहिष्कृत सर्वहारा सुकुम्बासीको पार्टी भएको चर्चा गर्दै अध्यक्ष यादवले जसको हक अधिकार लागि पार्टी स्थापना गरिएको हो त्यो जनतालाई बुझाउनु जरुरी रहेको बताए ।

जनता समाजवादी पार्टी नेपाल अग्नीसाईर कृष्णासवरण गाउँपलिकाका अध्यक्ष सत्यनारायण चौधरीको अध्यक्षता तथा प्रदेश २ का सामाजिक विकास मन्त्री एवम् जसपा कार्यकारिणी समिती सदस्य नवल किशोर साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जसपा केन्द्रिय सदस्य कल्पना चौधरी, संघीय परिषद सदस्य गुणानन्द चौधरी,प्रदेशको सदस्य भुपेन्द्र चौधरी, जिल्ला कोषाध्यक्ष बृजमान तामाङको उपस्थिति रहेको थियो ।
यसैगरि जिल्ला सदस्यहरु रामदेव यादव, दिनेश कुमार साह, माधुरी चौधरी, मोतिलाल चौधरी, कुशेश्व चौधरी लगायतका समेत उपस्तिथि रहेको थियो ।
भेलामा गाउँपालिका पदाधिकारी, ६ वटै वडाका पदाधिकारी तथा वडा सदस्यहरु लगायतका पार्टीका अगुवा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page