राजनीति

रुपनीमा जनमत पार्टीद्वारा पक्राउ परेका नेताकार्यकर्ता रिहाईको माग गर्दै दुईघण्टा चक्काजाम

बृजमान तामाङ
विरेन्द्र बजार, १४ पुस ।
जनमत पार्टीद्वारा पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको रुपनी चौकमा बुधबार दुईघण्टा चक्काजाम गरेका छ्न ।
पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल (मधेशी) को नेतृत्वमा रहेका नेताकार्यकर्ताद्वारा दिउँसो १ बजे देखि ३ बजेसम्म सडक अबरुद्ध गरेका हुन । सडक अबरुद्धका कारण राजमार्गमा सयौंको संख्यामा सवारी साधानहरु थन्किएको थियो ।
सडक अबरुद्ध गर्ने क्रममा सप्तरी प्रहरीले सुरक्षा व्यवस्था कडा पारेका थिए । कडा सुरक्षाका विच जनमत पार्टीका नेताकार्यकर्ताले सडकमा टायर बालेर २ घण्टा सडक ठप्प पारेका थिए ।

हातमा लाठी बोकेर सडकमा उत्रिएका उनीहरुले सिरहामा किसान सहित पक्राउ परेका नेताकार्यकर्ता रिहाई गर, जनमत पार्टी जिन्दावाद, किसानको समस्या समाधान गर, प्रहरी दमन मुर्दाबाद लगायतका नारा लगाउदै सडक प्रदर्शन उत्रिएका थिए ।
प्रदर्शन पछि आयोजित कोणसभामा बोल्दै जनमत पार्टीका नेताकार्यकर्ताले पार्टीले उठाएको माँग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए । कोणसभामालाई जनमत पार्टीका केन्द्रिय मदिनेश चौधरी, अमर यादव, उस्मान मियाँ, शंकर खड्गा लगायतले सम्बोधन गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page