लहान । सिरहाको लहानबाट पेस्तोल र गोली सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर २२ बस्ने बर्ष १९ को सुशान्त चौधरी र बर्ष १५ को सुरज मुखिया रहेका छन् ।
लहान २२ बेलीजटियाहि टोल स्थित ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीको कमाण्डमा खटिईएको प्रहरी टोलीले सोही ठाउँ बस्ने रविन चौधरीको घरमा सुशान्त चौधरी, १७ वर्षिय दिलिप कुमार मुखिया र सुरज मुखिया समेत आई सुरजले बोकी ल्याएको पेस्तोल सुशान्त चौधरीले लिई खेलाउने क्रममा एक राउण्ड फायर हुँदा दिलिपलाई गोली लागेको थियो । गोली लागि सख्त घाईते भएका दिलिपलाई तत्काल उपचारको लागि अस्पताल पठाईएको र घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सुशान्तको साथबाट ७.६५ मिमिको राउण्ड लाग्ने पेस्तोल एक थान, पेस्तोलमा लागेको म्याग्जिन ५ राउण्ड गोली बरामद गरी थप सोधपुछ गर्दा घटनास्थल नजिकै रहेको बाँसघारी स्थित गोबर गुईठाले छोपी लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल १ थान , गोली ५ राउण्ड ५ र ७.६५ मिमिको ४ राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।
निजहरुलाई नियन्त्रणमा लिई हातहतियार खरखजना मुद्या दर्ता भई सम्मानित सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।
लहानबाट पेस्तोल र गोली सहित २ जना पक्राउ







