बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

उदयपुरको चौदण्डीगढीबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित एक युवक पक्राउ

उदयपुर, साउन ३ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ बाट प्रतिबन्धीत लागुऔषध गाँजा सहित बेलका नगरपालिका ६ का ३४ वर्षीय बिनेश राई पक्राउ परेका छन ।
लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले राइलाई निउन्त्रणमा लिएको हो ।
स ३ प ३६०३ नम्बरको मोटरसाईकलमा रामपुरबाट फत्तेपुर तर्फ जाँदै गरेका राईलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट ५ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
लागु औषधसहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page