झापा, श्रावण १६ गते । झापाको मेचीनगरबाट नियन्त्रीत लागुऔषध गाँजा सहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १४ दुवागढीकी स्थानीय ५० वर्षीया जेगुन खातुन रहेकी छन् ।
खातुनले घरबाट नै लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आईतवार राती सवा १० बजे खातुनलाई घरबाट नै पक्राउ गरेको हो ।
पक्राउ परेकी खातुनको घर कोठाबाट प्रहरीले २ केजी ५०० ग्राम गाँजा बरामद गरेको छ ।
गाँजा सहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
झापाको मेचीनगरबाट लागुऔषध गाँजा सहित एक महिला पक्राउ










Add Comment