समाज

अस्पताल निर्माणका लागि जग्गा दान गर्ने तीन जना जग्गादाता सम्मानित

सप्तरी, २३ साउन । सप्तरीको खडक नगरपालिकामा आफ्नै गाउँमा अस्पताल निर्माण गर्नका लागि जग्गा दान गरी सहयोग पु¥याउने स्थानीय ३ जना जग्गादातालाई आज सम्मान गरिएको छ ।
खडक नगरपालिका–८ विसनपुरस्थित १५ कठा १९ धुर जग्गा दान गर्ने श्रेष्ठ परिवारका तीन जनालाई नगरपालिकाले अस्पताल शिलान्यासको अवसरमा सम्मान गरेको हो ।
जग्गादाता सुर्यनारायण श्रेष्ठ, लोकेन्द्र्रनारायण श्रेष्ठ र दिपककुमार श्रेष्ठले आफ्नो नाममा रहेको जग्गा स्थानीय सरकारलाई संयुक्त रूपमा नै पारित गरेर दिएको नगरपालिकाका प्रशासकिय अधिकृत बसन्त दासले जानकारी दिनुभयो । उक्त जग्गाको मूल्य करिब एक करोड रुपियाँ पर्ने स्थानीय दिपेश चौधरीले बताउनु भयो ।

सो जग्गामा आज एक समारोहका बीच नगर प्रमुख जयप्रकाश चौधरीले १५ शैय्याको आधारभुत अस्पतालको शिलान्यास गर्नुभयो ।
प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रा.लि. सँग २१ करोड २९ लाख ४ हजार १०९ रुपियाँमा भवन निर्माणको ठेक्का सम्झौता असार १५ गते भएको नगर प्रमुख चौधरीले बताउनु भयो । नगर प्रमुख चौधरीका अनुसार ३ वर्ष भित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।
जग्गादाता दिपककुमार श्रेष्ठले स्थानीय तहसम्म सहज रूपमा स्वास्थ्य सेवा पु¥याउने नेपाल सरकारको उद्देश्यमा सहयोग गर्न काका, भतिजाको संयुक्त नाममा रहेको जग्गा दान दिएको बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page