राजविराज । सप्तरीको रुपनी गाउँपालिका २ पिप्राही चौकमा आइतबार साँझ दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा शम्भूनाथ नगरपालिका ३ का २५ वर्षीय बिकी चौधरी रहेका छन।
रुपनी–राजविराज सडकखण्ड अन्तर्गत राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८१६७ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे आपसमा ठोक्किँएर दुर्घटना भएको थियो।
दुर्घटनामा परी गम्भीर घाईते भएका स २प ८१६७ नम्बरको मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वा८५प ६१९६ नम्बरको मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




Add Comment