समाज

सप्तरीमा दुई छुट्टाछुट्टै पोखरीमा डुबेर दुई जनाको मृत्यु

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

सप्तरी, २४ साउन ।
सप्तरीमा दुई छुट्टाछुट्टै पोखरीमा डुबेर मङ्गलबार दुई जनाको मृत्यु भएको छ। एक बालक र एक युवकको पोखरीमा डुबेर मृत्यु भएको हो।
जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीस्थित आफन्तको घर पाहुना आएका झापाको घैलाडुब्वा ६ घर भएका संजय पण्डितका छोरा दुई वर्षीय दिप पण्डितको पोखरीमा डुबेर मृत्यु भएको छ।
गाउँको डिहबार थानको पूर्वमा रहेको पोखरी नजिकै खेल्ने क्रममा चिप्लिएर डुबेको बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी परिवारसहित मामाली हजुरबुवा देवनारायण पण्डितको घर आएका थिए।
यसैगरी जिल्लाकै विष्णुपुर गाउँपालिका ३ बस्ने सिताराम सदाको ३५ वर्षीय छोरा लल्कु भनिने शिवशंकर सदाको पोखरीमा डुबेर मृत्यु भएको छ।
विष्णुपुर गाउँपालिका १ र ३ को सीमामा रहेको कट्टी मुसहरीस्थित सार्वजनिक पोखरीमा फुलेको कमलको फुल टिप्न गएका सदाको डुवेर मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।
घट्नास्थलमा पुगेको सशस्त्र प्रहरी, नेपाल प्रहरी र बरख दल गणका नेपाली सेनाको २० जनाको टोलीले सदालाई उद्धार गरी गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गराएको थियो। उपचारका क्रममा सदाको मंगलबार दिउँसो मृत्यु भयो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page