राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर– ८ तोपा नजिकै कोशी नहरमा शनिबार एक अज्ञात व्यक्तिको शव फेला परेको छ ।
तोपा र राजविराज नगरपालिका–१४ पर्साहीको बीच भागमा कोशी नहरमा वेवारिसे अवस्थामा अज्ञात व्यक्तिको शव फेला परेको हो ।
कोशी नहरको १३ नम्बर गेटको उत्तरबाट पहिलो ढोकामा नाम ठेगाना नखुलेका एक अज्ञात व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ती अज्ञात व्यक्तिको शव सनाखत गरि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षण गरिने प्रहरीले जनाएको छ । सगरमाथा आवाज साप्ताहिकबाट




Add Comment