भूपदेव माली- राजविराज ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ भारदह स्थित कोशी ब्यारेजमा विश्वकर्मा एवं जितवाहन मुर्ती सेलाउनेहरुको आईतबार ब्यापक भिड लागेको थियो।
यस वर्ष विश्वकर्मा पूजा र मैथिल महिलाहरुले आफ्नो सन्तान दिर्घायुको लागि मनाउने जितिया पर्व एकैसाथ सम्पन्न भएकोले र दुवै मुर्ती हरु कोशी ब्यारेजमा सेलाउन जाने भएकाले ब्यारेजमा ठाउँ साँघुरोले गर्दा ब्यापक भिड लागेको हो।
कोशी ब्यारेजको पश्चिमी भेगमा मुर्तिवाहक हजारौं मोटर वाहनहरु लामबद्ध भएर कोशी नदिको किनारमा पुगेर मूर्ति सेलाएका थिए।
कोशी ब्यारेजमा विश्वकर्मा एवं जितवाहन मुर्ती सेलाउनेहरुको भिड













Add Comment